उदयपुरका नारायण,परराष्ट्रमा कर्तव्य परायण

उदयपुरका नारायण,परराष्ट्रमा कर्तव्य परायण

नेपाली काँग्रेसका उदयपुरे नेता नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज नियुक्त गर्नुभएको हो ।

देउवा नेतृत्वको सरकार अब सात सदस्यीय बनेको छ । जसमा नेपाली काँग्रेसको तर्फबाट पाँच जना र माओवादी केन्द्रको तर्फबाट दुई जना मन्त्री छन् । काँग्रेसको तर्फबाट उमेश श्रेष्ठ भने स्वास्थ्य राज्यमन्त्री हुन् । संयुक्त रास्ट्रसंघको महासभामा भाग लिन बिभागीय मन्त्री नै नगई नहुने र त्यसमाथि नेपाल सार्कको अध्यक्ष राष्ट्र पनि रहेकोेले मन्त्रालय खाली राख्न अप्ठ्यारो परेको भन्दै आजै नियुक्ति,आजै शपथ र आज राति नै अमेरिका यात्रा तय भएको हो ।

नवनियुक्त मन्त्री खड्का,ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत,पूर्णबहादुर खड्का,एनपी साउद,रमेश लेखक प्रधानमन्त्री देउवाका खास सहयोगी मानिन्छन् । किशुनजीको पालादेखि नै उहाँहरुवीच राम्रो सहकार्य रहँदै आएको छ ।

टिप्पणीहरू