मुर्दामाथि लगातार बलात्कार

५७ वर्षीया महिलालाई लगातार ६ जनाले बलात्कार गरेपछि मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुलेपछि महिला र बलात्कारमा संलग्नहरूबारे अनेक शंकास्पद व्यवहार देखिएको छ । सामूहिक बलात्कार र आत्महत्या काभ्रेमा पछिल्लो समय ह्वात्तै बढ्न थालेका छन् ।
पाँच वर्षीय बालिकालाई बलात्कार गरेर भाग्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिसी क्यामेरामा भएको फुटेजका आधारमा मृतक महिलाको हत्याको कारण र हत्यामा संलग्नहरूको पहिचान भएको छ । तर, गृह मन्त्रालयले डिएस्पीको कमाण्डमा समेत घटनाको अध्ययन गर्न नसकिने बनेपामा महिनांै बितिसक्दासमेत प्रहरी निरीक्षक पठाउन आलटाल गरिरहेको छ । प्रहरी निरीक्षक अनिल घिमिरे झन्डै डेड वर्षपछि सरुवा भई प्रधानमन्त्रीको सुरक्षार्थ खटिए उनको स्थानमा अझै प्रहरी निरीक्षक आएका छैनन अपराधका घटना दिन दुगुना रात चौगुना थपिएका छन् । निमित्त प्रमुख सई भक्त श्रेष्ठका अनुसार आत्महत्या, हत्या, बलात्कार, सामान्य झगडाको घटनाले भ्याई नभ्याई छ । महत्वपूर्ण अपराधमा अनुसन्धान गर्ने र पक्राउ परेकाहरूलाई म्याद थप्नसमेत प्रहरीलाई हम्मे–हम्मे परिरहेको छ । 
 
बनेपाको नयाँबस्तीस्थित इँटाभट्टा जाने बाटोमा मृत फेला परेकी महिलाको सामूहिक बलात्कारकै क्रममा निधन भइसकेको रहेछ । चौथो व्यक्तिले बलात्कार गर्दासमेत उनको होस थियो । पाँचौं व्यक्तिले पुलको मुनिखोलाबाट उठाएर मकैबारीमा ल्याएर बलात्कार ग¥यो । महिलाले कुनै हाउभाउ प्रकट गरिनन् । उसले आफ्नो रहर पु¥यायो र फेरि अर्काे गयो । पाँचौं व्यक्तिको पालामै उनको श्वास बन्द भइसकेको रहेछ ।

छैटांै व्यक्तिले पनि मुर्दामाथि नै रहर पुु¥यायो । रहर पुगेपछि सबैले महिलालाई उठाएर लिएर हिँड्न खोजे तर उनी बोल्नै छाडिसकिछन् । त्यसपछि उक्त समूह आ–आफ्नो काममा लाग्यो । जिल्ला प्रहरी कार्यालय काभ्रेले घटना र घटनामा संलग्नलाई सार्वजनिक गरेको छ । साविक उग्रतारा जनागाल गाविस हाल बनेपा नगरपालिका १० घर भएकी ५७ वर्षीया नानु आलेमगरलाई फकाइफकाइ पुण्यमाता खोलामा पु¥याई पालैपालो बलात्कार गरेपछि सहन नसकी नानुको मृत्यु भएको हुन सक्ने प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए । बलात्कारका मुख्य नाईके भुम्लुटार ३ घर भई बनेपा बस्दै आएका ३२ वर्षीय राजु भन्ने गोपाल परियार हुन् । उनीसहित संलग्न अन्य ५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । सामान्य अवस्थाकी नानु र गोपाल परियारको टोली सँगसँगै हिँड्ने गरेको थियो । सम्पत्ति न्यून भएकाले उनी मजदुरी गर्दै आएकी थिइन् । २ छोरी र एक छोरा रहेकी नानुको श्रीमान् पनि छन् । गोपालले बनेपा चोकदेखि बोलाउँदै लगेर साथीहरूसमेत सँगै लगेर नानुलाई पालैपालो बलात्कारपछि बलात्कारको पीडा सहन नसकेर मृत्यु भएको खुलेको हो । 
 

गोपालले त्यसअघि पनि सहमतिमा नानुसँग शारीरिक सम्बन्ध राख्ने गरेको खुलासा गरेका छन् । ‘त्यसदिन पनि मैले पहिलो पटक सम्पर्क गरें, अरू पाँच जना साथीले पालौपालो सम्पर्क गरे, अन्तिममा उठाउन खोज्दा उनी उठन् सकिनन्’, गोपालले भने, ‘अरू दिन केही नहुने नानु त्यो दिन बितिछन् ।’ नानु र गोपाल परियारको समूहले पालैपालो रक्सी सेवन गरेको खुलेको छ । घटनामा संलग्न भएकामध्ये धुनपा–७ घर भएका ३० वर्षीय हमाल भन्ने साधुराम विक, नमोबुद्ध नपा घर भएका ठूलोभाइ भन्ने २७ वर्षीय महेश परियार, सिन्धुपाल्चोक जिल्ला मेलम्ची नपा १४ घर भएका कुलबहादुर भन्ने ३२ वर्षीय सीताराम थापा, रामेछाप लखनपुर गाविस १ घर भएका २४ वर्षीय प्रकाश परियार र नाग्रेगगर्चे गाविस ९ घर भएका सञ्जय भन्ने ३३ वर्षीय दिलबहादुर प्रधान छन् । 
 
यसरी भयो घटना 
 
०७४ भदौ १२ गते दिउँसो ३ बजे सीता कार्की, तामाङ्नी बूढी, थोती बूढी, काले भोटे, भोटिनीकी छोरी, ज्वाइँ, नातिनीलगायत व्यक्ति बनेपास्थित चाँदनीचोकभित्रको सरस्वती स्कुल अगाडिको पोखरीछेउमा जम्मा भई कुराकानी गरेका थिए । मृतक नानु आलेमगर चाँदनीचोकबाट एक्लै सरस्वती स्कुलअगाडिको पोखरी छेउतर्फ आई उक्त समूहमा सहभागी भएकी थिइन् । पहिला बसेको स्थानमा मृतक र सीता कार्की पुगेका थिए । सीताले रिक्सा चालकसँग चुरोट मागेकामा नभएको भनी इसारा गरेकी थिइन् । सोही स्थानमा रिक्साचालक, सीताराम थापा, गोपाल परियारसमेत थिए । मृतक, सीता र ठूलोभाइ भन्ने महेश परियार र प्रकाश परियार गई प्रकाशले चिया खाएको अन्यले रक्सी सेवन गरी निस्किएका थिए । उनीहरूले बनेपामा रहेको किशोर मानन्धरको होटलमा रक्सी खाएका थिए । 
 
३ बजेर ५७ मिनेटमा मृतक र सीता परियार र निजको नाबालिका छोरी वर्ष ४ की फूलमायासमेत चाँदनीचोकस्थित जाँभा क्याफेको बाटो हुँदै चारदोबाटो गएका थिए । दिउँसो चार बजे दुवै जना चारदोबाटो चोकमा पुगेका थिए । प्रहरीले घटनाको अध्ययन÷अनुसन्धान बनेपामा राखिएको सिसी क्यामेराको माध्यमबाट गरेको थियो । बनेपा ८ चाँदनीचोकस्थित केएम रेस्टुरेन्टमा सीताराम थापाले मापसे गरेका थिए । पुनः पोखरीनजिक रहेको काइँला भन्नेको होटलमा गोपाल परियार, सञ्जय भन्ने दिलबहादुर प्रधान, ठूलोभाइ भन्ने महेश परियार, हमाल भन्ने साधुराम विक समेतले मापसे गरेका थिए । गोपाल परियार, सीताराम थापा, सञ्जय भन्ने दिलबहादुर प्रधान, प्रकाश परियार चाँदनी चोक हुँदै काइँलाको होटलअगाडि आइपुगेको र सोही समयमा अन्य दुई जना ठूलोभाइ भन्ने महेश परियार र हमाल भन्ने साधुराम विक आई जम्मा भई बसेको अवस्थामा सोही पोखरीनजिक रहेको सार्की भन्नेको टहराबाट सोही होटलतर्फ आउँदै गरेकी मृतक नानु आलेमगरसँग भेट भई प्रकाश र गोपाल परियारले नानु आलेमगरको हात समाती तानी अगाडि बढेका थिए ।

अन्य ४ जना पछि–पछि गई ५ सय मिटर पर पूण्यमाता खोलाको पुल तरी पुलको छेउ खोलाको किनार, बिजुलीको पोलनजिक ढलको चेप र मकैबारीमा पु¥याई सबैले पालैपालो दुव्र्यवहार गरेका थिए । दुव्र्यवहार गर्ने क्रममा अचेत भई सोही स्थानमा छाडी गएको र सोही चोटका कारण उनको निधन भएको प्रहरीले बताएको छ । नानु घरमा सधैँ नजाने, बाहिरै बस्ने गरेको भन्दै श्रीमान्ले पटक–पटक प्रहरीमा समेत उजुरी दिएका थिए । 
 

– मोतीराम तिमल्सिना

टिप्पणीहरू