जबज नै नेपाली क्रान्तिको आदर्श सिध्दान्त हो-रामबहादुर थापा “बादल”
माओवादी छाडेर मुख्य विपक्षी दल नेकपा (एमाले) का नेता रामबहादुर थापा बादलले पाँचौ महाधिवेशनले अगाडि सारेको जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको सर्वोत्तम सिध्दान्त रहेको बताएका छन् । थापाका अनुसार,जननेता मदन भण्डारीले प्रस्तुत गरेको जबज नेपालको आफ्नै माटो अनुकूलको कार्यक्रम हो ।
नेकपा एमालेको प्रथम विधान महाधिवेशन मूल व्यवस्थापन समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जबज विनाको नेपाली कम्युनिष्टको कल्पनासमेत गर्न नसकिने बताएका हुन् ।
पत्रकार सम्मेलनमा थापाले नेपालको इतिहासमा नेकपा एमालेले गर्न लागेको प्रथम विधान महाधिवेशनको दूरगामी महत्व रहने दावा गरे । भने-नेकपा एमालेले शुरु गरेको यो नयाँ चलन नीति र विधिको वारेमा बहस गर्ने दलहरुका लागि मार्गदर्शन हुने पक्का छ ।
थापाले आफूहरुलाई फरक तरिकाले नबुझ्न पत्रकारहरुलाई आग्रह गरेका छन् । आफूहरुले विधि र बहसमा विश्वास गर्ने भएकोले विचारबाटै माझिने थापाले बताए ।
पत्रकार सम्मेलनमा एमाले नेता खिमलाल भट्टराईले विधान महाधिवेशनको तयारी सकिइसकेको र प्रतिनिधिहरु काठमाण्डौ आउने क्रम जारी रहेको जानकारी दिए । व्यवस्थापन उपसमिति सँयोजक रहेका भट्टराईले गोदावरीको सनराइज हलमा एमाले प्रथम विधान महाधिवेशन सम्पन्न हुने बताए ।
करीव सात हजारकालागि मुख्य भवनको मुख्य हल अपुग भएकोले अन्य साना हलमा समेत प्रतिनिधिलाई बसेर बहस गर्ने वातावरण मिलाइएको जानकारी दिए । उनका अनुसार भोलि शुक्रवार १२ बजे अध्यक्ष केपी ओलीले कार्यक्रमको उदघाटन गर्ने छन् भने भोलि नै तीन वटै प्रतिवेदनहरु प्रतिनिधिवीच प्रस्तुत हुनेछन् ।
टिप्पणीहरू