विश्वभरि फोरजी,उत्तरका ८० करोडसङ्ग फाइभजी

विश्वभरि फोरजी,उत्तरका ८० करोडसङ्ग फाइभजी

विश्वमा सूचना प्रविधिको दिन दुई गुणा र रात चार गुणा विकास भइरहेको छ । उक्त क्षेत्रमा सबैभन्दा धेरै विकास चीनले गरेको देखिन्छ । त्यहि क्रममा उसले सन् २०२५ सम्ममा ८० करोड जनाले फाइभजीको प्रयोग गर्ने प्रक्षेपण गरेको छ ।

चीनमा फाइभजी मोबाइल बोक्नेको संख्या आगामी सन् २०२५ को अन्त्यसम्ममा ८३ करोडभन्दा बढी पुग्ने अन्तर्राष्ट्रिय मोबाइल अपरेटर संघ जीएसएमए लिमिटेडका सीइओ जोन होफम्यानले बताएका छन् ।

“चार वर्षमा विश्वमा फाइभजीको निम्ति ९ अर्ब अमेरिकी डलरसम्म लगानी हुने अपेक्षा राखेका छन् ।”

गत आइतबार पूर्वी चीनको चच्याङ प्रान्तको उचनमा भएको इन्टरनेटसम्बन्धी शिखर सम्मेलनलाई भिडियो कन्फरेन्सबाट सम्बोधन गर्दै होफम्यानले २०२५ को अन्त्यसम्ममा विश्वमा फाइभजी प्रयोगकर्ताको संख्या २ अर्ब पुग्न सक्ने बताएका छन् ।

उनले भने ‘फाइभजी नेटवर्कको सेवा विश्वभरि धेरै उपभोक्ताहरु र उद्यमसम्म पुगेकाले यसको मार्केटिङ सबैभन्दा अगाडि छ ।’ चीन सरकारले फाइभजीको बिस्तारलाई उच्च प्राथमिकता दिएको छ ।

होफम्यानले आगामी चार वर्षमा विश्वमा फाइभजीको निम्ति ९ अर्ब अमेरिकी डलरसम्म लगानी हुने अपेक्षा राखेका छन् । उनले भने सूचना प्रविधिमा आएको पछिल्लो विकाससँगै फाइभजीले सर्वसाधारण,उद्यम,उद्यमी र सरकारलाई समाज परिवर्तन गर्न र जनजीवनलाई सकारात्मक प्रभावित बनाउन सघाएको दाबी गरेका छन् ।

स्रोत : सिन्ह्वा

टिप्पणीहरू