काङ्ग्रेसमा कसले जिते,को पछि परे ?

काङ्ग्रेसमा कसले जिते,को पछि परे ?

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत आज मतदानमार्फत काठमाडौं महानगरमा नयाँ नेतृत्व छानिने भएको छ । राष्ट्रिय सभागृहमा बिहानदेखि मतदान शुरु भएको छ ।

हिजो नै मतदान गर्ने भनिएपनि मतदाताको नाम प्रकाशित हुन नसक्दा रोकिएको थियो । नेपाली काँग्रेस काठमाडौं महानगरको सभापतिका लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा छ । मतदान १ बजे सकिने र लगत्तै मतगणना शुरु हुने निर्वाचन समितिले बताएको छ ।

यसअघि हिजो भएको निर्वाचनबाट गोकर्णेश्वर नगरपालिकाको सभापतिमा कुमार लामा निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठलाई १६ मतले हराउँदै लामा सभापतिमा निर्वाचित भएका हुन् । उनले १०९ मत ल्याउँदा श्रेष्ठले ९३ मत मात्र पाएका थिए ।

त्यस्तै,शंखरापुर नगरपालिकामा सत्यमान लामालाई पराजित गर्दै दिलिपकुमार श्रेष्ठ सभापति निर्वाचित भएका छन् । श्रेष्ठले ८६ र लामाले ६८ मत पाएका थिए ।

यता, कागेश्वरी–मनहरा नगरपालिकाको सभापतिमा उध्दव दाहालले बाजी मारेका छन् । उनले १५१ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी मीठाराम दाहालले १३८ मत प्राप्त गरेका थिए ।

टिप्पणीहरू