सशस्त्रमा धेरै सुविधा पाउने डिएसपीको एक्लो बढुवा
सशस्त्र प्रहरी बलमा अरुभन्दा धेरै सुविधा पाउने एक जना डिएसपीको एसपीमा बढुवा भएको छ । हिजो प्रकाशित सूचनाअनुसार गुल्मी घर भएका होमबहादुर ज्ञवाली एक्लैको बढुवा भएको हो ।
सशस्त्रले नियमावलीअनुसार रिक्त केही सिटमा बढुवाको लागि सूचना जारी गरेको थियो । तर, हिजो बढुवा समितिको निर्णयानुसार भन्दै ज्ञवाली एक्लैको बढुवा सिफारिस गरेको छ ।
बढुवामा चित्त नबुझ्ने डिएसपीलाई सात दिनभित्र उजुरी दिन भनिएको छ ।
टिप्पणीहरू