चप्काउने, टप्काउने– उस्तै परे हप्काउने
नेपाली समाजबाटै आएका सैनिक अधिकृतहरू विभिन्न गैरकानुनी काममा लिप्त भएको खबर बेला–बेला सार्वजनिक हुने गरेकै हो । केही यस्ता घटना पनि छन्, जो सुन्दै अचम्म लाग्छ । धेरैअगाडि अमेरिकास्थित राजदूत विश्व प्रधान किताब चोर्दाचोर्दै पक्राउ परेका थिए । नचोरी नहुने रोग (क्लेप्टोमेनिया) बाट ग्रसित उनको त्यही निहुँमा जागिर खुस्किएको थियो । त्यस्तै रोग भएका अफिसरहरु सेनामा पनि प्रशस्तै छन् । केहीले ठूलै दर्जामा पुगेर अवकाश पाइसकेका छन् भने केही सेवामै छन् ।
कमलपोखरी घर भएका राजुप्रताप कार्की, जो रुक्मांगत कटवालका साला पनि हुन्, यो रोगका दीर्घ बिरामी हुन् । २०४० को दशकमा मेजर भएका केसी होण्डा सिजी मोटरसाइकलको ऐना र साइड बक्स देख्यो कि मन थाम्नै नसक्ने । कसैको बाइकको केही सामान हरायो कि कमलपोखरी कुमारी हलछेउ उनको घरमा पुगिहाल्थे । विस्तारै युनिफर्मको फोरएज क्याप धेरै अफिसरको हराउन थाल्यो । यो सबै कर्तुत कार्कीकै हो भन्ने थाहा भएपछि उनी आएका बेला सबैजसो अफिसरलाई सामान लुकाउन भ्याइनभ्याइ पथ्र्यो । पछि सहायक रथीसम्म बनेका उनको रोगमा केही सुधार आएन । त्यसैको प्रभावले होला विचरा अहिले पनि आर्मी क्लबमा जिम गर्न जाँदा सबैलाई आफ्नो अमूल्य सामान, मोबाइल, पर्स, घडी जोगाउन दौडादौड हुन्छ ।
युवराज दीपेन्द्रसँगै तालिम लिएका २९ बेसिकका प्रमुख सेनानी दुर्गा बस्नेत पनि त्यस्तै रोगले ग्रसित छन् । उनले पनि क्याडेट तालिमदेखि नै साथीभाइको नगद, जिन्सी सामान केही भनेनन्, तालिमपछि पनि सरुवा भएको पल्टनमा सिनियर, जुनियर सबैको उठाउन मिल्ने चिज केही बाँकी राखेनन् । शान्ति सेनामा गणको सेकेण्ड म्यानजस्तो जिम्मेवारी पाएर जाँदासमेत एउटा बूढो अफिसरको एक हजार डलर टप्काइदिए । सबै अफिसर मिलेर केरकार गर्दा सुरुमा होइन भन्दै टारे तर पछि अलि जोड गर्दा ‘सरी, झुक्किएर मेरो खल्तीमा आएछ’ भन्दै फिर्ता गरिदिए ।
– पूर्वसांसद रामहरि खतिवडाले घडी तानेकै शैलीमा उपरथीबाट अवकाशप्राप्त देखी जान्ने समकालीनहरू
टिप्पणीहरू