भोलि प्रधानन्यायाधीशलाई भेट्ने गरी श्रीमानहरु उठे

भोलि प्रधानन्यायाधीशलाई भेट्ने गरी श्रीमानहरु उठे

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालाई भोलि बिहान सामूहिक रुपमा भेटेर कडिकडाउ कुरा राख्ने भएका छन् ।

प्रधानन्यायाधीशले आज अपरान्ह बारसहित बस्ने गरी बोलाएको फूलकोर्ट बहिष्कार गरेर छुट्टै छलफल गरेका न्यायाधीशहरुले राणालाई भोलि ११ बजे भेट्न लागेका हुन् । आजको इजलास नै प्रभावित हुनेगरी छलफल गरेका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणालाई भेटेर मार्गप्रशस्त गर्न आग्रह गर्ने सम्भावना छ ।

प्रधानन्यायाधीश राणाकै कार्यशैलीका कारण न्यायालयमा बेथिति भित्रिएको उनीहरुको निष्कर्ष छ । स्रोतका अनुसार भोलि सामूहिक भेटेर उहाँका कुरा सुन्ने र पुनः बसेर छलफल गर्ने उनीहरुको निर्णय छ ।

आजको बैठकमा १३ जना न्यायाधीश सहभागी रहेको बताइएको छ । न्यायाधीशहरु बिहानैदेखि बैठकमा बसेपछि आजका सबै इजलास प्रभावित भएका छन् ।

टिप्पणीहरू