आजदेखि राजधानीमा एस्ट्राजेनेका खोपको दोस्रो डोज धमाधम
काठमाडौं जिल्लाका आठै वटा नगरमा आजदेखि कोरोनाविरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन थालिएको छ । काठमाडौंको स्वास्थ्य कार्यालयका अनुसार एस्ट्राजेनेकाको पहिलो मात्रा लिएका नागरिकलाई आजदेखि दोस्रो मात्रा लगाइएको हो ।
पहिले लगाएको खोप कार्ड, विद्युतीय माध्यमबाट दर्ता गरिएको कागज र परिचयपत्रका आधारमा १८ वर्षभन्दा माथि उमेरका सबैलाई आजदेखि उक्त खोपको दोस्रो मात्रा लगाउन लागिएको हो । खोप आज भोलि र पर्सीसम्म जारी रहनेछ ।
काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा अष्ट्राजेनेकाको दोस्रो डोज लगाउन थालिएको छ ।
काठमाडौं महानगरपालिकाको हकमा वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति अस्पताल, निजामती कर्मचारी अस्पतालबाट खोप लगाइएको बताइएको छ ।
टिप्पणीहरू