दुई किशोरीलाई जबरजस्ती गर्ने तीन युवा पक्राउ
प्रहरीले तेह्रथुम र धनुषाबाट जबरजस्ती करणी गरेको अभियोगमा तीन युवालाई पक्राउ गरेको छ ।
१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तेर्हथुमको फेदाप गाउँपालिका–४ का २२ वर्षीय मनिष राई र १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा धनुषाको शहिदनगर नगरपालिका–४ ननुपटीका २७ वर्षीय बिजय मुखिया हिजो समातिएका हुन् ।
राईले किशोरीलाई मंगलबार जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी सम्दुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
मुखियालाई पनि सुराकीकै आधारमा प्रहरीले पक्राउ गरेको हो । जवरजस्ति करणीमा संलग्न रहेका सञ्जय साह भने फरार रहेको र उनको खोजी भईरहेको प्रहरीको भनाई छ ।
टिप्पणीहरू