तानाशाहलाई जसले आफूतिर तानिन्
- राजेन्द्र स्थापित
जर्मनीमा एडोल्फ हिटलर सत्तारुढ भएपछि जोसेफ गोयबल्सलाई प्रचारप्रसार मन्त्रीमा नियुक्त गरे । मन्त्री बनेलगत्तै नाजी विचारधारालाई असर पार्नसक्ने चलचित्र, हास्य प्रहसन र गीतहरुमा प्रतिबन्ध लगाइदिए । यसक्रममा सन् १९३९ मा अमेरिकी चलचित्रमाथि बन्देज लाग्यो । त्यसबेला जर्मनीमा अमेरिकामा निर्मित चलचित्र खुब चल्थ्यो । जर्मन सरकारले नाजी पार्टीको अधिनमा गठित चलचित्र निर्माण कम्पनी युएफए -युफा) बाट धमाधम चलचित्र निर्माण गर्न लगायो । जर्मनीनियन्त्रित अन्य मुलुकका अभिनेत्रीहरुलाई समेत नाजी पार्टीको सदस्यता लिन दबाब दियो । धेरैले डराएरै सदस्यता लिए तर कतिपय नाउा चलिसकेका नायिकाले मानेनन् । उनीहरुमध्ये कतिपय ज्यान बचाउन देशै छाडेर हिाडे । युरोपका अन्य मुलुकमा गई नाम र दाम कमाएर चर्चित भए । तर, केही नायिकाले चाहिा सरकारको आडमा जर्मनीमै चलचित्र खेलेर नाम र दाम दुवै कमाउन सकिने ठाने ।
लिडा बारोमा तीमध्ये एक थिइन् । चेकोस्लोभाकियाकी नायिका । उनले सन् १९३५ मा युफाद्वारा निर्मित चलचित्र 'बार्कारोल'मा अभिनय गरिन् । चलचित्रले ठूलो सफलता पायो । अमेरिकाको हलिउड फिल्म उद्योगले लिडालाई 'अफर' गर्यो । उनले ठाडै अस्वीकार गरिन् । जर्मन सरकारले देश नछाड्न चेतावनी पनि दियो । यसबीच लिडा जर्मन नायक गुस्ताभ प|mोलिखसाग बस्न थालिसकेकी थिइन् । गुप्ताभकी पत्नी यहुदी । नाजी पार्टीको दबाबमा परेर उनले पत्नीसाग सम्बन्धबिच्छेद गरे । यसपछि गुस्ताफ र लिडाले सरकारको तर्फबाट धेरै सुविधा पाए । सुविधाको भरपुर सदुपयोग गरी जर्मन चलचित्र जगतमा एकछत्र राज गरे । अकुत सम्पत्ति कमाए । चर्चाको शिखरमा पुगेपछि प्रचारप्रसार मन्त्री गोयबल्स लिडाप्रति लठ्ठ भए । लिडालाई फकाए । लिडा पनि गुस्ताभलाई छाडेर उनैको प्रेमिका बनिन् । गोयबल्सको प्रेमिका बनेपछि लिडाले पछाडि फर्केर हेर्नै परेन । प्रेमीको आडमा पाएको मौका एउटा पनि गुमाइनन् । दुई वर्षको दौरान निर्मित प्रायः सबै चलचित्रको शीर्ष भूमिका उनैले निभाइन् । ठूलो सफलता हासिल गरिन् । अकूत सम्पत्तिको मालिक्नी बनिन् । लिडाको कारण गोयबल्स र उनकी पत्नी माग्दाको जीवन धराशायी बन्ने स्थितिमा पुग्यो । माग्दाले हिटलरसाग भेटेर सहयोगको भिक्षा मागिन् । हिटलरले गोयबल्स र लिडाको सम्बन्धमा हस्तक्षेप गरिदिए । लिडालाई जबर्जस्ती चेकोस्लोभाकियाको राजधानी प्राग फर्काइदिए । सन् २०१६ मा निर्मित 'डेभिल्स मिस्ट्रेस' उनै गोयबल्स र लिडाको प्रेमकथामा आधारित जर्मन चलचित्र हो । डकुमेन्ट्री चलचित्र 'ज्काजा क्रासोउ' मा पनि दुवैको प्रेमकथा देखाइएको छ ।
हेलेन लिलियनको जन्म इंग्ल्याण्डको हारेन्सीमा भएको थियो । आमा अंग्रेज र बाबु जर्मन व्यापारी । बाल्यकालदेखि नै अभिनय र नृत्य गर्न रुचाउाथिन् । सन् १९१४ मा लिलियन, आˆनी दिदी मारजरी र बाबु वाल्टर बु्रनो पेपेसाग घुम्दै जर्मनीको माम्डेबर्ग पुगे । ठीक त्यसैबेला विश्वयुद्ध शुरु भयो । उनीहरु स्वदेश र्फकन सक्ने स्थिति भएन र त्यहीं बसे । ८ वषर्ीया लिलियनको पढाइ-लेखाइ बर्लिनमै शुरु भयो । उनी नृत्यमै रमाउन चाहन्थिन् । संयोगले त्यसबेला जर्मनीको नृत्य एकेडेमी एउटी सुन्दरी युवतीको खोजीमा थियो । लिलियन परीक्षामा उत्तीर्ण भइन् । नृत्य सिक्न थालिन् । उनको लालनपालन फुपूले गर्दै आएकी थिइन् । त्यसैले अब स्टेज शोहरुमा नृत्य प्रदर्शन गर्न थालिन् । लिलियनले फुपूकै थर हार्वेलाई ग्रहण गरेर लिलियन हार्वेको नाउाबाट चिनिन थालिन् ।
सन् १९२४ मा अष्ट्रियाका निर्देशक रोबर्ट ल्याण्डले 'दि कर्स' चलचित्र घोषणा गर्दै यहुदी युवती 'रुथ' को लागि लिलियनलाई छनोट गरे । यो नबोल्ने चलचित्र थियो । लिलियनले यसपछि लगातार फिल्म पाउादै गइन् । सन् १९२५ मा निर्देशक रिचर्ड आइखबर्गले 'प्यासन' मा उनलाई पहिलोपटक नायिका बनाए । नायकमा लिए ओट्टो गेबुहर छानिए । यद्यपि सन् १९३० मा प्रदर्शित चलचित्र 'बाल्टज अफ लभ' ले उनलाई चर्चाको शिखरमा पुर्यायो । प्रेमकथामा आधारित यो चलचित्रपछि उनी 'विश्वकै एक मात्र हिस्सी परेकी सुन्दरी' मा गणना भइन् । फिल्मका नायक थिए- बिल्ली पि|mत्स्च । लिलियन र बिल्लीले पछि ११ वटा चलचित्र सागै खेले । लिलियनले हाास्यप्रधान, संगीत र नृत्यप्रधान सबै चलचित्र खेलिन् । त्यसबेला जर्मन चलचित्रमा संगीतकार चाल्र्स कोच्लिनको ठूलो नाउा थियो । लिलियन अभिनित प्रायः चलचित्रका संगीतकार पनि उनै थिए । त्यसो त उनी ६० वर्ष नाघिसकेका प्रौढ थिए तर लिलियनलाई औधी मन पराउाथे । शुरुमा फुक्र्याउाथे मात्र तर पछि मरिहत्ते गर्न लाग्न थाले । लिलियनको नाउामा गीत रचना गरे । प्रेमपत्र लेखे । लिलियनलाई चाल्र्सबाट पिछा छुटाउन साह्रै गाह्रो भयो । उनको क्रियाकलापबाट धेरैपटक पीडा सहनुपर्यो ।
सन् १९३१ मा 'डेर कोन्ग्रेस तान्तज' -दि कंग्रेस डान्सेज) प्रकाशित भयो । लिलियनले संगीत-नृत्यप्रधान चलचित्रको मुख्य भूमिकामा अभिनय गर्ने मौका पहिलोपटक पाएकी थिइन् । चलचित्रमा उनले गाएको एउटा गीत 'डास गिब्ट्स नुर आइनमल' त्यसबेलासम्मकै सबैभन्दा कर्णपि्रय र लोकपि्रय गीत सावित भयो । गीतका रचनाकार थिए- वेर्नर आर. हेमन । यो फिल्म अंग्रेजी र प|mान्सिसी भाषामा पनि बन्यो । लिलियन रातारात जर्मनीबाहिर पनि लोकपि्रय बनिन् । हलिउडबाट 'अफर' आयो । फक्स कर्पोरेशनबाट निर्मित चारवटा चलचित्र खेलिन् तर जर्मनी चलचित्रले जत्तिको प्रसिद्धी दिएन । चार वर्षपछि स्वदेश फर्किइन् ।
जर्मनी आएर पाउल मार्टिनको हाास्य चलचित्र 'लक्की किड्स' खेलिन् । युफाले निर्माण गरेको 'सेभेन स्लाप्स' र 'फन्नी इल्सलर' जस्ता चलचित्र खेलिन्, प्रायः सबैले सफलता प्राप्त गरे । हिटलर लिलियनजस्तै कलाकारको खोजीमा थिए । सुन्दरता र अभिनयले सबैलाई मोहित पार्नसक्ने । नृत्यमार्फत सबैलाई लोभ्याउन जान्ने । हिटलर र उनको नाजी पार्टीले लिलियनलाई गर्नुसम्म उपयोग गर्यो । नाजी विचारलाई जनपि्रय बनाउन लिलियनलाई माध्यम बनाइयो । हिटलर आफैं लिलियनप्रति मोहित भए । आˆनो राजनीतिक हिततर्फ अघि बढ्दाबढ्दै कुन बेला प्रेमी-प्रेमिका बने पत्तै पाएनन् । लिलियनले भाग लिने सभा-समारोहमा जाने, उनीसाग बसेर फोटो खिचाउने र ती फोटोलाई पत्रपत्रिकामा छपाउन लगाउने, आˆनो घरको भित्ता सजाउने गर्न थाले । लिलियन आफैं यहुदी थिइनन् तर उनका यहुदी साथी धेरै थिए । अमेरिकाबाट फर्केपछि किन हो किन यहुदी समुदायसितको सम्बन्ध पहिलाको भन्दा बढी घनिष्ठ बन्यो । जसको कारण गोप्य प्रहरी संगठन विभाग गेस्टापोले निगरानी राख्न थाल्यो ।
सन् १९३७ मा लिलियनका गडफादर कोरियोग्राफर जोन्स केथ जेल परे । समलिंगी सम्बन्ध, वेश्यागमन, पशुमैथुन गर्नेहरू संविधानको व्याख्या १७५ अन्तर्गत धमाधम पक्राउ पर्न थालेका थिए । सो अपराधअन्तर्गत सरकारले थोरै समयमा १ लाख ४० हजारलाई समातेको थियो । लिलियनले शक्ति र पैसाको आडमा जेन्सलाई धरौटीमा छुटाइन् । जेन्स रिहा हुनेबित्तिकै पेरिसतर्फ भागे । लिलियन अप्ठेरोमा परिन् । प्रहरीले उनीसाग सोधपुछ गर्यो । यस अवधिसम्ममा हिटलरको सरकारले यहुदीहरुमाथि दमन, अत्याचार थालिसकेको थियो । स्मरणीय छ, नाजी सरकारद्वारा त्यो बेला ६० लाख यहुदी मारिएका थिए । लिलियन हिटलरकी प्रेमिका त थिइन् तर यहुदीप्रति हिटलरको रवैयामा उनी कहिल्यै सहमत हुन सकिनन् । जबजब यहुदीहरु अनाहक मारिन्थे, तब उनी हिटलरलाई आफू दुःखी बनेको बताउाथिन् । पछि जब आˆनै यहुदी साथीहरु धमाधम मारिन थाले, उनी विद्रोही नै बन्न पुगिन् ।
हिटलर मानवताविरोधी स्वभावका तानाशाह थिए । लिलियनको यहुदीहरुप्रतिको सहानुभूति र उनको आाशुले मन पग्लिने कुरै भएन । उल्टै उनले यहुदीप्रति सहानुभूति नजगाउन पहिला सम्झाए भने पछि चेतावनी दिए । लिलियनले हिटलरको चेतावनीलाई अस्वीकार गरिन् । हिटलर अब उनको सामु प्रेमी होइन, तानाशाहको रुपमा प्रस्तुत भए । लिलियनलाई मार्ने योजना बनाए । तर योजनाको सुइाको लिलियनले पहिल्यै पाइन् । र, सन् १९३९ मा अमेरिका भागिन् । त्यसबेला उमेर ३३ वर्ष थियो । उनको सम्पत्ति सबै सरकारले जफत गर्यो ।
अमेरिकाबाट प|mान्स पुगिन् । दोस्रो विश्वयुद्ध मच्चिएपछि प|mान्सिसी सेनामा भर्ना भएको सूचनाको आधारमा जर्मन सरकारले उनको नागरिकता थुत्यो । यसपछिका दिनमा लिलियनले गायिकाको रुपमा धेरै देशको भ्रमण गरिन् । सन् १९४९ मा जर्मनी विभाजनपछि पश्चिम जर्मनी गई स्टेज शो गरिन् । सन् १९५३ मा ४७ वर्षको उमेरमा बल्ल डेनमार्कका नागरिक तथा स्टेज शो मिलाउने हार्टभिग लार्सेनसाग बिहे गरिन् तर दाम्पत्य जीवन चार वर्षमात्र टिक्यो । उनको निधन ६२ वर्षको उमेरमा सन् १९६८ को जुलाई २७ मा प|mान्सको ज्वाा लेसपिनमा भयो । ५९ वटा चलचित्रमा अभिनय गरेकी उनी कलेजोसम्बद्ध रोगी थिइन् ।
टिप्पणीहरू