आन्दोलनकारी न्यायाधीशहरु र एमसीसीको चर्को विरोध
उन्नत लोकतन्त्र पार्टी, कानुन व्यवसायी अभियान र स्वतन्त्र नागरिकहरुले संयुक्त रुपमा आज बिरोध प्रदर्शन गरेका छन् । नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि निकालिएको जुलुस माइतीघरसम्म आएको हो ।
संयुक्त रुपमा गरिएको प्रदर्शनमा एमसीसी सम्झौताको समेत बिरोध गरिएको छ । साथै बारले सञ्चालन गरेको आन्दोलन र सर्वोच्च अदालतमा भएको बेञ्च बहिष्कारको उनीहरुले चर्को बिरोध गरेका हुन् ।
उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपाल, महासचिव कृष्ण प्रसाई, अधिवक्ता भूमिन्नद चुडाल, अधिवक्ता आकृति रायमाझीको उपस्थितिमा भएको कार्यक्रममा चर्को नारा लगाइएको छ ।
प्रदर्शनकारीहरुले भ्रष्टाचारी न्यायधीशहरूलाई कारबाही गर, अदालत बन्द गर्न पाईंदैन, दबावको शासन अन्त्य गर, विधिको शासन कायम गर, इण्डोप्यासिफिक रणनीतिअन्तर्गतको एमसीसी सम्झौता खारेज गर लगायतका नारा लगाइएको छ ।
उनीहरुले स्वतन्त्र न्यायपालिका हाम्रो चाहना, न्याय खोज्न गोरखा नै जानुपर्ने हो ?, हाम्रो अदालत कहिले खुल्छ ?, आमन्त्रित विदेशी हस्तक्षेप मुर्दावाद, अदालतको क्षेत्राधिकार खोस्ने एमसीसी चाहिँदैन, नेपाल आमा जिन्दावादको नारा पनि उनीहरुले घन्काएका छन् ।
टिप्पणीहरू