वकिलहरुलाई कमल थापाको सुझाव : अदालतमा होइन, पार्टी कार्यालयमा धर्ना दिनु

वकिलहरुलाई कमल थापाको सुझाव : अदालतमा होइन, पार्टी कार्यालयमा धर्ना दिनु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुलाई पार्टी कार्यालयमा आन्दोलन गर्न सुझाएका छन् ।

प्रधानन्यायाधीश हटाउने वैधानिक बाटो महाअभियोग भएकाले त्यसमा दलहरुलाई सहमत गराउन आन्दोलन त्यसतर्फ केन्द्रित गर्नुपर्ने थापाको भनाइ छ । अधिकांश वकिलहरू दलसँग आबद्ध रहेको र बार एसोसिएसनको चुनावमा दलगत प्रतिस्पर्धा हुने गरेको भन्दै उनले वकिलहरुलाई अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्न सक्नुपर्ने बताएका हुन् ।

‘प्रधानन्यायधीशविरुद्ध आन्दोलन गरिरहेका अधिवक्ताहरुलाई थाहा छ प्रधानन्यायाधीश हटाउने एकमात्र वैधानिक बाटो महाभियोग हो । महाभियोग लगाउने दलले हो’, थापाले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अधिकांश वकिलहरु दलसँग आबद्ध छन् । बारको चुनाव दलगत आधारमा हुन्छ । त्यसैले प्रधानन्यायाधीश हटाउने हो भने अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्न सक्नुपर्छ ।’

टिप्पणीहरू