बाँदरझुलाको आन्दोलन रोकिएन

बाँदरझुलाको आन्दोलन रोकिएन

सरकारले भूमिहीन बासिन्दालाई लालपुर्जा उपलब्ध गराइदिने आशा देखाए पनि लालपुर्जा उपलब्ध नगराएको भन्दै चितवनको माडी नगरपालिका ९ स्थित बाँदरझुलाका स्थानीय आन्दोलित बनेका छन् । २०१८ सालदेखि सो ठाउँमा बसोबास गर्दै आएका उनीहरुले हालसम्म पनि लालपूर्जा नपाएको भन्दै प्रदर्शनमा उत्रेका हुन् ।

उनीहरुले सरकारले उलब्ध गराउने भनिएको जग्गा अहिले पनि चितवन राष्ट्रिय निकुञ्जको कार्य क्षेत्रभित्र रहेको भन्दै आज माईतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । बाँदरझुला संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा समितिका संयोजक शारदा आचार्य, सहसंयोजक प्रकाश तामाङलगायतको उपस्थिति छ ।

उनीहरुले खनजोत गर्दै आएको जमिनको पुर्जा तत्काल दिनु पर्ने लगायतका विभिन्न माग राख्दै ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरेर अनिश्चितकालीन बिरोध तथा धर्ना कार्यक्रम थालेका हुन् ।

प्लेकार्डमा हाम्रो भूमिको लालपुर्जा तु चाहियो, हाम्रो भूमिको लालपुर्जा देउ, बाँदरझुला सुकुम्बासी बस्ती व्यवस्थापन गर, धर्ती आकाश साझा हो, हामी घर खोजी रहेका छौं तिमिहरु बस्ती जलाउँदै छौ, बाँदरझुला के भन्छ ! लालपुर्जा दे भन्छ, जमिनको हक मौलिक हकलगायत नारा लेखिएको छ ।

टिप्पणीहरू