सेनाको प्रतियोगितामा सर्वसाधारणलाई पनि मिसिने सुविधा
नेपाली सेनाले यो वर्ष फोटो प्रतियोगिता गर्ने भएको छ । सेनाका गतिविधिसँग सम्बन्धित र उसको छवि उजागर गर्ने खालका तस्बिरहरुबीच फोटो प्रतियोगिता २०७८ हुन लागेको हो ।
गत सालदेखि आयोजना हुँदै आएको यस्तै खालका फोटो प्रतियोगिताले सेनाको गतिविधिलाई अभिलेखमा राख्न मद्दत पुर्याएको बताइएको छ । प्रतियोगितामा उपलब्ध गराइएका तस्बिरलाई उपयोग गर्न निकै सहज हुने भएकाले सेनाले आन्तरिक रुपमा फोटो प्रतियोगिता गर्दै आएको हो ।
यो वर्षबाट प्रतियोगितामा गैरसैनिक व्यक्तिहरुलाई समेत समावेश गराइने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रतियोगितामा भाग लिन इच्छुक व्यक्तिले नेपाली सेनासम्बन्धी रचनात्मक तथा नागरिक दृष्टिकोणमा नेपाली सेना र सेनाले गरेका एवम् गरिरहेका कार्यहरू झल्किने तस्विरमा आधारित सहभागिता जनाउन सक्ने सेनाले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुनेले आवश्यक फोटो तथा विवरणहरु गैरसैनिक व्यक्तिको हकमा आगामी माघ २१ गतेभित्र नेपाली सेनाको आधिकारिक वेबसाइटमा रहेको लिंक https://photo.nepalarmy.mil.np मा अपलोड गर्नु पर्नेछ । प्रतियोगितामा अघिल्लो र यो वर्ष खिचिएका तस्बिर मात्र समावेश गरिनेछ ।
प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने फोटोहरुलाई क्रमश: नगद ५० हजार,३५ हजार र २५ हजार तथा प्रमाणपत्र प्रदान गरिने बताइएको छ । अरुको सारिएको,चोरिएको फोटो भएमा त्यस्ता प्रतियोगीलाई असक्षम ठहराइने जानकारी दिइएको छ ।
https://photo.nepalarmy.mil.np/?fbclid=IwAR18-ZwRzwEVYhFfNqqgfzJiTd7VXHtQP3xLju4bd4IEM9Rjjt8zSZRTXfs
टिप्पणीहरू