नोबेललाई बढी रकम नलिन निर्देशन

नोबेललाई बढी रकम नलिन निर्देशन

जिल्ला प्रशासन कार्यालय, मोरङले विद्यार्थीहरुबाट अतिरिक्त शु:ल्क नउठाउन नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरलाई आदेश दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अभिभावक र कलेजका प्रतिनिधिसँगको छलफलपछि अतिरिक्त शु:ल्क नलिन निर्देशन दिएका हुन् । जिल्ला प्रशासन कार्यालयले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी रकम नलिन र पुस ११ गतेदेखि पठनपाठन पुन सञ्चालन गर्न नोबेललाई निर्देशन पनि दिएको छ ।

यसअघि नोबेलले अतिरिक्त शु:ल्क बुझाउन दबाब दिएको भन्दै विद्यार्थी र अभिभावक आन्दोलनमा उत्रिएका थिए । आयोगले तोकेभन्दा झन्डै पाँच लाख बढी रकम मागिएको उनीहरुको गुनासो थियो ।

विद्यार्थी र अभिभावकले अस्ति जिल्ला प्रशासनमा ज्ञापनपत्रसमेत बुझाएका थिए । त्यसपछि प्रजिअ दाहालले छलफलका लागि बोलाएका थिए ।

यता, इन्टर्नसिप शु:ल्क मिलाउन तयार भएको क्याम्पस प्रशासन होस्टल र विश्वविद्यालय सम्बन्धन शु:ल्क भने नछोड्ने अडानमा छ ।

टिप्पणीहरू