शिक्षकको टाउको फुटाउन हानिएको जग कच्याककुचुक
मंगलबार काठमाडौँको पदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा एक विद्यार्थीले शिक्षकको टाउको फुटाइदिए । परीक्षामा चिट चोर्न नदिएको भन्दै आक्रोशित ति विद्यार्थीले परीक्षा हलभित्रै मरणासन्न हुने गरि शिक्षकमाथि प्रहार गरे ।
ब्याचलर अफ आर्ट्स इन सोसल वर्क (बिएसडब्लु) मा पहिलो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले गार्ड बसेका प्रध्यापक प्रकाश पुडासैनीको टाउकोमा ताकेर प्रहार गरेका थिए । प्राध्यापक पुडासैनीको टाउकोमा सात वटा टाँका लगाउनुपर्यो । जेठाराले पुडासैनीको टाउकोमा पानी पिउन प्रयोग गरिने जगले हिर्काएको पाइएको छ ।
शिक्षकमाथी जग प्रहार गरेका उनी केही समय क्याम्पस प्रसाशनमै सबैको निगारानीमा रहेको र केही समयपछि शौचालय जाने बहानामा झ्यालबाट भागेका थिए ।
उनी स्नातक दोस्रो वर्षका विद्यार्थी रहेको र जबरजस्ती पहिलो वर्षको परीक्षा हलभित्र छिरेपछि पुडासैनीले बाहिर निकाल्न खोज्दा आक्रमण गरेको बताइएको छ । शिक्षकमाथि जाइलाग्ने जेठारा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूका कार्यकर्ता हुन् ।
टिप्पणीहरू