युवकको हत्या गर्ने ५ जना पक्राउ

युवकको हत्या गर्ने ५ जना पक्राउ

सिरहाको गोलबजार नगरपालिका–६, डोहटियामा छुरा प्रहारबाट युवकको हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

गोलबजार नगरपालिका–६, डोहटियाका २६ वर्षीय रामकुमार सदायको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय २२ वर्षीय भुवनप्रसाद महतो, १९ वर्षीय श्रवणकुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जनकारी दिनुभयो ।

उहाँकाअनुसार आरोपीमध्ये दुई जना गोलबजार र तीन जनालाई धनगढीमाई नगरपालिकास्थित जयपुरमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूलाई बुधबार नै कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान थालिएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजीकार्य थालेको प्रहरीले जानकारी दिएको छ । युवकको हत्या शनिबार साँझ भएको थियो ।

टिप्पणीहरू