बैकिङकसूरका अर्का अपराधी समातिए

बैकिङकसूरका अर्का अपराधी समातिए

बैकिङकसूरमा अपराधी ठहरिएपछि लुकिछिपी हिँडेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने धरान–१३ का ३८ वर्षीय मुन्ना थापा हुन् ।

उनीविरुद्ध उच्च अदालत बिराटनगरले २०७६ वैशाख १६ गते एक वर्ष ६ महिना कैद र चार लाख ५० हजार सात सय ६६ रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो ।

तर थापा लुकिछिपी हिँडेका थिए । उनलाई १ नम्बर प्रदेश प्रहरीको आरआईटी टोलीले आज बिहान पक्राउ गरेको हो । पक्राउ परेपछि थापालाई कैद भुक्तान तथा जरिवाना असुल गर्न आजै कारागार चलान गरिएको छ ।

टिप्पणीहरू