विराटनगरमा महात्मा गान्धीको खाल्डो

विराटनगरमा महात्मा गान्धीको खाल्डो

विराटनगरका मेयर भीम पराजुली दशकौंदेखि प्रख्यात स्थानीय हिमालय रोडलाई महात्मा गान्धी (एमजी) रोड बनाउन लागिपरेका छन् । मेयरको व्यक्तिगत चाहनाबमोजिम बनाउन खोजिएको उक्त सडकका निम्ति एक करोड ६३ लाख खर्च गर्ने लक्ष्य राखिएको छ ।

भारतको सिक्किममा बनाइएको महात्मा गान्धी रोडलाई हेरेर विराटनगरमा पनि त्यस्तै बनाउन खोजिएको महानगरपालिकाका कार्यकारी अधिकृतको दावी छ । मलाया रोड जोडेर छँदाखाँदाको हिमालय सडकलाई एमजी रोड बनाउन खोजिएपछि स्थानीयले आपत्ति जनाएका छन् ।

दशकौंदेखि बजार क्षेत्रमा रहेको प्रख्यात हिमालय रोडलाई महात्मा गान्धी (एमजी) रोड बनाउने अभियान अन्तिम चरणमा पुगेको छ ।

टिप्पणीहरू