माओवादी स्थायी समिति बैठक शुरु

माओवादी स्थायी समिति बैठक शुरु

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु भएको छ । पार्टी मुख्यालय, पेरिस डाँडा, कोटेश्वरमा केही बेरअघि बैठक प्रारम्भ भएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा शुरु भएको बैठकमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देवेन्द्र पौडेल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, देव गुरुङलगायत अधिकांश सदस्यको उपस्थिति रहेको छ ।

पर्सिबाट शुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनका कतिपय एजेण्डामाथि छलफल र निर्णय गर्न बैठक डाकिएको हो । सम्मेलनमा सहभागी हुने प्रतिनिधिमध्ये स्थायी समितिले पाँच प्रतिशत प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ ।

टिप्पणीहरू