टेलिनेटको कार्यालयमा विभागको छापा

टेलिनेटको कार्यालयमा विभागको छापा

सूचना तथा प्रशारण विभागले टेलिनेटको कार्यालयमा छापा मारेको छ । टेलिनेटले अल्ट बालाजी र सोनिलिभका सामग्रीहरू नेपालमा प्रशारण गरेपछि विभागले छापा मारेको हो ।

छापा मार्न विभागको टोली पुग्दा टेलिनेटका सञ्चालकहरू भने कार्यालयमा उपस्थित थिएनन् । सञ्चालकलाई नभेटेपछि टोलीले टेलिनेटका कर्मचारीसँग सोधपुछ गरेको थियो ।

प्रशारण अनुमतिको प्रमाणपत्र माग्दा कर्मचारीले देखाउन नसकेकाले टोलीले पत्र काटेर टेलिनेटका सञ्चालकलाई पर्सी विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

टिप्पणीहरू