संक्रमित र मृत्युदर उस्तै, आज कोरोनाबाट २ जना बिते
कोरोना संक्रमण र ज्यान गुमाउनेको संख्या केही दिनदेखि उस्तै देखिएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या झण्डै तीन सय र मृतक संख्यासमेत उस्तै देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट मुलुकभर दुई जनाले ज्यान गुमाएका छन् । २४ घण्टाको अवधिमा दुई सय १९ जना संक्रमित थपिएका छन् । यो संख्या नौ हजार छ सय ७७ जनामा परीक्षण गरिँदा पुष्टि भएको हो ।
यो अवधिमा दुई सय ८३ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै चार हजार नौ सय ६ जना सक्रिय संक्रमित छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ प्रतिशत रहेको छ । कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ८५ पुगेको छ ।
पछिल्लो आँकडाअनुसार काठमाडौंमा सात सय ४५ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ९९ र ललितपुरमा छ सय १६ जना संक्रमित छन् ।
टिप्पणीहरू