सँक्रमणका कारण साइबाबाको मन्दिर बन्द,नयाँ दिल्लीमा पनि कर्फ्यू

सँक्रमणका कारण साइबाबाको मन्दिर बन्द,नयाँ दिल्लीमा पनि कर्फ्यू

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको तीव्र फैलावटसँगै भारतमा निषेधाज्ञा र बन्दाबन्दी शुरु भएको छ । महाराष्ट्रमा रहेको शिरडी साइबाबाको मन्दिर रातको समयमा बन्द गर्न थालिएको छ । राज्य सरकारले गत शनिवारदेखि त्यहाँ राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाउन थालेको छ ।

राज्य सरकारले दिउँसोको समयमा मन्दिर खोले पनि आगामी केही दिनसम्म मन्दिरभित्र भक्तजनहरुले यसअघि पाउँदै आएका धार्मिक सुविधामा भने कटौति गरेको जनाएको छ ।

उता राजधानी नयाँ दिल्लीमा पनि रातको समयमा कर्फ्यू आदेश जारी गरेको छ । ओमिक्रोनका कारण कर्फ्यू लगाइएको भन्दै राति ११ बजेदेखि बिहान ५ बजेसम्म त्यस्तो आदेश दिइएको हो ।

त्यसैगरी कर्णाटक राज्य सरकारले पनि भोलि रातिदेखि कर्फ्यू आदेशको तयारी गरेको छ । कर्णाटक राज्यमा राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लाग्ने छ । त्यसैगरी आगामी शनिवारदेखि शुरु हुने अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा हुने सबै खालका कार्यक्रममा रोक लगाइएको छ ।

टिप्पणीहरू