प्रेमसम्बन्धको अवरोधले किशोर र किशोरीको प्राणान्त

प्रेमसम्बन्धको अवरोधले किशोर र किशोरीको प्राणान्त

कैलालीमा किशोर र किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । गौरीगंगा नगरपालिका ३ को जुनेरी शिविरमा १६ वर्षीय सञ्जु चौधरी र स्थानीय १९ वर्षका मायाराम चौधरी गए राति मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार सञ्जु आफ्नै घरभित्र दोपट्टाले झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनकै घर पछाडिको रुखमा मायाराम पनि त्यस्तै अवस्थामा भेटिएका हुन् ।

प्रेम सम्बन्धमा अवरोध आएको कारण आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

जोशीले भन्नुभयो, ‘उनीहरुको बीचमा प्रेम सम्बन्ध हुन सक्ने हामीले आशंका गरेका छौं । तर,घर परिवारले यसबारे कुनै जानकारी नदिएकाले अधिकारिकता आउन बाँकी छ । घटनाको अनुसन्धान गरिरहेका छौं ।’

टिप्पणीहरू