माओवादीले झ्यालढोका थुन्यो
हिजोदेखि शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र भर्खरै थालिएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र शुरु भएको हो ।
प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुभएको छ । सम्बोधनपछि उहाँले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
बन्दसत्र सञ्चालनका लागि सात सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । जसमा नेताहरु कृष्णबहादुर महरा,गणेश साह, गिरिराजमणि पोखरेल,परशुराम तामाङ,पूर्णाकुमारी सुवेदी,परशुराम रम्तेल र रुपा महर्जनलाई राखिएको छ ।
बन्दसत्रमा एक हजार छ सय ३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।
टिप्पणीहरू