खरानीसँगै महिलाको घाँटी रेटियो

खरानीसँगै महिलाको घाँटी रेटियो

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीकी एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । स्थानीय ५० वर्षीया भुटानीदेवी यादवको आज बिहान घाँटी रेटिएको हो ।

बिहान घरबाट खरानी लिएर फाल्न गएको समय खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले बताएका छन् । उनको कसले र के कारणले हत्या गर्यो भन्नेबारे थाहा हुन सकेको छैन ।

तीन साताअघि मात्रै छिन्नमस्ता–६ का एक बृध्दको पनि त्यसैगरी घाँटी रेटेर हत्या गरिएको थियो । उक्त घटनाको अपराधी पत्ता नलाग्दै पुनः सोही प्रकृतिको अर्को घटना दोहोरिएको छ ।

सप्तरी जिल्ला प्रहरी कार्यालयका अनुसार विज्ञ टोली बोलाएर घटनाको अनुसन्धान भइरहेको छ । यसअघि बृध्दको हत्या गरिएको घटनामाथि पनि अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू