ब्राउनसुगर कारोबारी समातिए

ब्राउनसुगर कारोबारी समातिए

झापाको बिर्तामोड नगरपालिका–१ स्थित शान्ति टोलबाट लागुऔषध ब्राउनसुगर ओसारपसार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने बिर्तामोड नगरपालिका ४ का २१ वर्षीय अबि शेख हुन् । उनलाई प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो । उनको साथबाट २ ग्राम ४ सय ७० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ ।

शेखविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

टिप्पणीहरू