विद्यालय फोरेर चोरिएका सामान परालभित्र

विद्यालय फोरेर चोरिएका सामान परालभित्र

सुनसरीमा विद्यालयको इलोक्ट्रोनिक सामग्री चोरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी भोक्राहानर्सिङ–५ का १८ वर्षीय परवेज आलम र २१ वर्षीय सुरज भुजेल हुन् ।

उनीहरुलाई सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका–४ मा रहेको मोडल पब्लिक स्कुलको कोठाबाट कम्प्युटरको सिपियु ३ थान, एलसिडी ३ थान, प्रोजेटर मेसिन १ थान र पानी तान्ने मोटर २ थान चोरी गरेको अभियोग लागेको छ ।

आरोपितहरुले आफ्नो घर नजिकै रहेको परालको टालीमा लुकाई राखेको अवस्थामा ती समान प्रहरीले बरामद गरेको छ । दुबै जनाले रातको समयमा हयाक्सो ब्लेडले स्कुलको ढोकाको ताल्चा काटेर उक्त समानहरु चोरी गरेका थिए ।

बरामद समानसहित दुबैविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।

टिप्पणीहरू