पनौतीको १२ वर्षे मकर मेला (फोटो फिचर)

पनौतीको १२ वर्षे मकर मेला (फोटो फिचर)

कोरोना महामारीमा पनि काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक तथा पुरातात्विक नगर पनौतीमा १२ वर्षे मकर संक्रान्ति मेला भएको छ । तर विगतमा झैं यस पटक मेला त्यति धेरै चहलपहल देखिएको छैन ।

पनौतीमा हरेक १२ वर्षको मकर संक्रान्तिमा यो मेला लाग्ने गरेको छ । पनौती नगरपालिका–७, त्रिवेणीघाट क्षेत्रमा सञ्चालित मेलामा तोकिएको स्वास्थ्य मापदण्डअनुसार २५ जनाभन्दा कमलाई मात्र एकैसाथ स्नान गर्ने व्यवस्था गरिएको छ ।

तर कोरोनाको त्रासका कारण भक्तजनहरु फाट्फुट्ट देखिएका छन् । देखिएका भक्तजनमा पनि वृद्धवृद्धाको संख्या बढी छ ।

हिजो जनआस्थाका फोटोपत्रकारले कैद गरेका केही तस्बिर :

टिप्पणीहरू