मान्छेले धेरै नै पाप गर्न थाले

मान्छेले धेरै नै पाप गर्न थाले

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गुणस्तरहीन मह बेच्ने एक व्यक्ति समातिएका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ घर भई हाल काठमाडौंको ज्याठा बस्ने नरबहादुर श्रेष्ठलाई नक्कली मह बनाउने मेसिन र कच्चा पदार्थसहित प्रहरीले समातेको हो ।

उनले सात वर्षदेखि श्रीमती रस्मिलाको नाममा ‘नतिजा प्याकेजिङ’ सञ्चालन गरी ‘स्पर्स हनी’ नामको लेबल टाँसेर गुणस्तरहीन मह बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ । श्रेष्ठले उक्त ब्राण्ड दर्तासमेत नगरेको पाइएको छ ।

प्रहरीका अनुसार श्रेष्ठको साथबाट मह बनाउन प्रयोग गरिने सामग्री, मेसिन,केमिकलसहित ६०० केजी गुणस्तरहीन मह बरामद गरिएको छ । सो मह खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलमा परीक्षण गर्दा गुणस्तरहीन र खानयोग्य नभएको प्रमाणित भएको छ । मह बनाउन ३० प्रतिशत ग्लुकोज,३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत कच्चा पदार्थ मिसावट गर्ने गरेको पाइएको छ ।

दाङ,नवलपरासी र चितवनबाट कच्चा पदार्थ खरिद गरी ल्याउने र गुणस्तरहीन मह बनाएर श्रेष्ठले काठमाडौं,भक्तपुर र पोखराका होटल तथा रेष्टुरेन्टहरुमा ६५० रुपैयाँ प्रतिकिलोमा बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

टिप्पणीहरू