कैँची प्रहार गरेर घाइते बनाइयो
कैँची प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई समातेको छ । धारिलो कैँचीको प्रयोग गरि घाइते बनाएको आरोपमा भक्तपुर सूर्यविनायक बस्ने मोरङका ३३ वर्षीय विनोद आचार्य पक्राउ परेका हुन् ।
आर्चायले सिन्धुपाल्चोकको चौतारा नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने २२ वर्षीय केशव तिमल्सिनालाई कैँचीले हानेर भागेका थिए । कैँची प्रहारबाट घाइते भएका तिमल्सिनालाई महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उद्दार गरेको हो ।
प्रहरीका अनुसार घाइते अवस्थामा फेला परेका उनलाई प्रहरीले उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल हुँदै थप उपचारको लागि वीर अस्पताल पुर्याएको थियो ।
घटनामा संलग्न विनोदलाई पक्राउ गरि आवश्यक अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । कैँची किन र केका लागि हानिएको थियो भन्नेबारे हालसम्म खुलाइएको छैन ।
टिप्पणीहरू