खोपमा घुस माग्दा भ्रष्टचारको मुद्धा

खोपमा घुस माग्दा भ्रष्टचारको मुद्धा

सरकारले निःशुल्क वितरण गरिरहेको खोप लगाउन घुस माग्ने दुई स्वास्थ्यकर्मीमाथि भ्रष्टाचार मुद्धा लागेको छ । महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट अजयकुमार साह र कृष्णाकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्धा परेको हो।

उनीहरुले जोन्सन एण्ड जोन्सन खोप लगाउन पुगेकाहरुसंग २० हजार रुपैंया घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा हालेको हो । उनीहरुलाई हिजो नियन्त्रणमा लिएर अनुसन्धान गर्दा २० हजार रुपैंया घुस लिएको खुलेको आयोगले जनाएको छ ।

अजयको निर्देशनमा कृष्णाकुमारले खोप लगाउन आएका एक व्यक्तिबाट २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगको दाबी छ ।

उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा मुद्दा दायर भएको हो ।

टिप्पणीहरू