कीर्तिपुर नगरपालिकाको भवनमा लास भेटियो

कीर्तिपुर नगरपालिकाको भवनमा लास भेटियो

काठमाडौँको कीर्तिपुरमा एक पुरुष मृत भेटिएका छन् । आफ्नै कोठाभित्र सुतिरहेको अवस्थामा ३६ वर्षीय शंकर खत्री मृत फेला परेको हुन् ।

राति खाना खाएर सुतेका खत्री बिहान अबरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त कीर्तिपुरको प्रहरी टोली घटनास्थल पुग्दा सुतिरहेकै अवस्थामा उनको शव फेला परेको हो ।

खत्रीले कीर्तिपुर नगरपालिका–१० स्थित नगरपालिकाको नयाँ भवनमा रंगरोगनको काम गर्दै आएका थिए । एक महिनादेखि उनी त्यहीँ भवनको पाँचौ तलामा बस्दै आएको महानगरीय प्रहरी वृत्तले बताएको छ । आफन्त नआएसम्म शव घटनास्थलबाट नउठाइने प्रहरीको भनाइ छ ।

यस विषयमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू