भागेका लुइटेल कारागार चलान
बैंकिंङ् कसुर मुद्दामा कसुरदार ठहरिएपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ६ का ४० बर्षीय सिताराम लुईटेल हुन । उनलाई गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो पक्राउ गरिएको हो । लुइटेलविरुद्ध उच्च अदालत विराटनगरले २०७८ साल कार्तिक १० गते १० महिना ७ दिन कैद र १५ लाख रुपैया जरिवाना तिराउने फैसला गरेको थियो । उनलाई लगत नम्वर ८१७४ मा रहेको सो मुद्दा कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । प्रहरीको आरटीआइ टोलीको अगुवाइमा लुइटेललाई पक्राउ गरिएको हो ।
टिप्पणीहरू