हानिकारक मासु बेच्दै भक्तपुरका बधशाला

हानिकारक मासु बेच्दै भक्तपुरका बधशाला

भक्तपुरमा सञ्चालित अधिकांश बधशालाले सरकारले तोकेको मापदण्ड पूरा नगरेको पाइएको छ । तीन दिनदेखि लगातार गरिएको अनुगमनमा अधिकांश बधशाला सरकारको मापदण्ड विपरीत संचालनमा रहेको पाइएको हो ।

नगरपालिकाका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज हनुमानघाट, महेश्वरी स्थानलगायतका वधस्थलहरुको अनुगमन गरिएको थियो ।

सो क्रममा मासु पसलेहरुले मानव स्वास्थ्यलाई हानी पुग्ने खालका मासुहरु बिक्री गर्ने गरेको, बधशालाहरुले पसल सञ्चालन गर्न आवश्यक शर्तहरु पालना नगरेको टोलीले निष्कर्ष निकालेको छ ।

त्यस्तै, अधिकांश वधशालामा भुइँ र भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्बल वा टायल नराखेको, फोहोर पानी निकासको व्यवस्थापन नभएको, पानी शुद्धीकरण नगरेको, पशुपंक्षी वधयोग्य भए/नभएको परीक्षण नगरेको र राँगा वध गरेपछि आएका फोहोरलाई उचित व्यवस्थापन नगरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

कतिपयले पसल नवीकरण र तराजु पनि नापतौल विभागमा नवीकरण नगरेको पाइएकाले तिनलाई आगामी तीन दिनभित्र नवीकरण गर्न निर्देशन दिइएको बताइएको छ ।

वधस्थल सफा गर्न, एप्रोन सेतो र सफा प्रयोग राख्न, मूल्य सूची व्यवस्थित गर्ने, मासु राख्ने टेबल ग्लासले छोपेर बारेको, धुलो र झिँगा नभन्किने गरी मासु सुरक्षित राख्न टोलीले निर्देशन दिएको छ ।

टिप्पणीहरू