रक्सी पसल नियन्त्रण नगरिए आमरण अनसन

रक्सी पसल नियन्त्रण नगरिए आमरण अनसन

भ्रष्टाचारविरोधी भारतीय सामाजिक अभियन्ता अन्ना हजारेले जताततै रक्सी पसल खोल्न दिएकोमा सरकारको चर्को बिरोध गरेका छन् । उनले महाराष्ट्र राज्यका मुख्यमन्त्री उध्दव ठाकरेलाई पत्र लेखेर आफ्नो असन्तुष्टि पोखेका हुन् ।

उनले पत्रमा राज्य सरकारले सुपरमार्केट र वाक–इन पसलमा मदिरा बिक्री अनुमति दिने निर्णयविरूध्द पत्र लेखेका छन् । पत्रमा महाराष्ट्र सरकारलाई यस्तो चेतावनी दिइएको छ, ‘यस्तो गलत निर्णयविरूध्द हडतालमा जान बाध्य नपारियोस् ।’

यसअघि उनले सरकारको उक्त निर्णयलाई ‘दुर्भाग्यपूर्ण’ भनेका थिए । उनको निचोड छ,‘जताततै रक्सी बेच्ने पसल खोल्ने निर्णयले सर्वसाधारणमा कुलत लाग्न सक्छ ।’

टिप्पणीहरू