मेडिकल काउन्सिलको विशेष परीक्षाको नतिजा सार्वजनिक
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको नतिजा सार्वजनिक भएको छ । काउन्सिलद्वारा अस्ति र हिजो लिइएको परीक्षाको परीक्षाफल सार्वजनिक गरिएको हो । ४८ विधाका विशेष परीक्षामा सात सय २३ जना परीक्षार्थी सहभागी भएका थिए ।
सहभागीमध्ये पाँच सय ५५ जना उत्तीर्ण भएका छन् भने एक सय ६८ जना अनुत्तीर्ण भएका छन् । सात सय ३४ जना उम्मेदवारमध्ये ११ जना अनुपस्थित थिए ।
परीक्षामा उत्तीर्ण परीक्षार्थीहरुले अब ३५ दिनभित्र दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन दिनुपर्ने छ । आवेदन मितिले १५ कार्य दिनपछि प्रमाणपत्र तयार हुने काउन्सिलले जनाएको छ ।
त्यस्तै, परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनर्योगका लागि एक हजार पाँच सय रुपैयाँ दस्तुर बुझाई परीक्षार्थीको नाम, रोल नम्बर स्पष्ट लेखी काउन्सिलको इमेलमा आवेदन दिन भनिएको छ ।
टिप्पणीहरू