पाँच वर्षदेखि युन्नानको परिवर्तन

पाँच वर्षदेखि युन्नानको परिवर्तन

 

जनवरी १९ देखि २१ सम्म सीपीसी केन्द्रीय समितिका महासचिव, राष्टाध्य्क्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ युन्नान आएर त्यहाँका काडरहरु र जातीय समूहका व्यक्तिहरूसँग भेट गर्दै सारा जनतालाई चिनियाँ नयाँ वर्षको आशिष् दिनुभयो। उहाँको युन्नानको पछिल्लो यात्रापछि ठीक पाँच वर्ष भइसक्यो। विगत पाँच वर्षमा युन्नानको हरेक क्षेत्रमा ठूला परिवर्तन भएका छन्।

सबै जातीय समूहहरुको जीवन राम्रो हुँदै जान्छ

जनवरी १९ को दिन सी चिनफिङ गाउँ पुनरुद्धार र अल्पसंख्यक जातीय गाउँको निर्माणको स्थिति बुझ्नलाई पाओशान शहरको क्षेत्राधिकार अन्तर्गत थङछोङ शहरको छिङस्ये गाउँको स्मोला वा जातीय गाउँमा घुम्न जानुभयो।

‘स्मोला’ भनेको स्थानीय वा जातीय भाषामा खुशीको ठाउँ हो। यो गाउँको ५ सय भन्दा बढी वर्षको इतिहास छ र वा, हान, बाई, दाई जस्ता धेरै जातीय समूहहरु मिलेर बस्दै आएका छन्। हालसाल स्थानीय समुदाय वा जातीय सांस्कृतिक पर्यटन गाउँको निर्माण गर्दैछन् र पूर्वाधारको सुधार गर्नमा ध्यान केन्द्रित छन्। २०१९ मा यहाँका किसानहरुको प्रति व्यक्ति डिस्पोजेबल आय ११,४४८ युआन छ र गाउँलेहरुको खुशीको भावना बढदो छ।

युन्नानमा स्मोला जस्तै गाउँहरु धेरै छन्। युन्नानमा पहिलेदेखि २५ वटा अल्पसंख्यक जातीय समूहहरु बसेका छन्। यी अल्पसंख्यक जातीय समूहको जनसंख्या १ करोड ५९ लाख छ, जुन युन्नान प्रान्तको कुल जनसंख्याको एक तिहाई छ। युन्नानले विकासलाई राष्ट्रिय एकता र प्रगति प्रवर्धनको कुञ्जीको रूपमा मान्दछन्। आज युन्नानका ७८ वटा जातीय स्वायत्त काउन्टीरशहरहरु मध्ये ४३ वटामा एक्सप्रेस मार्ग खुला भएका छन् र ९ वटा एयरपोर्ट संचालित छन् । चुक्स्यौँ, डाली, वेनशान र होंगह चार स्वायत प्रदेशले उच्च गतिको रेलको युगमा प्रवेश गरेका छन्। विशेष कृषि र सांस्कृतिक पर्यटन जातीय क्षेत्रको व्यावसायिक कार्ड भएको छ। २०१९ को अन्त्यसम्म युन्नान प्रान्तका जातीय स्वायत क्षेत्रहरुमा गरीबी जनसंख्या १ लाख ६५ हजार सम्म घट्यो।

हरित पहाड र पानी झन् झन् सुन्दर बन्न पुगेको छ

जनवरी २० को दिउँसो सी चिनफिङ युन्नान प्रान्तको डियान्ची तालको सिंगहाई प्रायद्वीप इकोलोजिकल वेटलैण्डमा आएर युन्नान प्रान्त र कुन्मिङ शहरमा पर्यावरणीय सुरक्षालाई सुदृढ पार्ने र दक्षिण(पश्चिम चीनको इकोलोजिकल सुरक्षा बाधा खडा गर्ने समग्र स्थितिबारे रिपोर्टहरु सुन्नाका साथै डियान्ची ताल, फूसियान ताल, अरहाई तालको जल नमूना र डियान्ची तालको जैविक विविधता प्रदर्शनको अवलोकन गर्नुभयो।
जनसंख्याको वृद्धि र डियान्ची ताल वरिपरिका सामाजिक र आर्थिक विकासका कारण ठूलो मात्रामा औद्योगिक र घरेलु प्रदूषकहरु डियान्ची तालमा प्रवेश गरे र एक समय डियान्ची तालको पर्यावरणीय स्थिति नष्ट भयो। डियान्ची ताल पनि चीनको सबैभन्दा प्रदूषित ताल मध्ये एक थियो। धेरै वर्षको निरन्तर प्रयासपछि डियान्ची तालको एकोलोजिकल वातावरणमा ठूलो सुधार आएको छ। आज करिब सयौँ प्रजातिका जङ्गली चराहरु डियान्ची तालको पानीको छेउमा फर्केका छन्।

हालका वर्षमा युन्नानले चीनको सबैभन्दा सुन्दर प्रान्तको निर्माणलाई प्रारम्भिक विन्दुको रुपमा लिएको छ र निलो आकाश, स्वच्छ पानी र शुद्ध जमिनका तीनवटा मुख्य लडाइँहरु सुरु गरेको छ। रंगीचंगी युन्नानको हरियो पहाड र पानी झन् झन् सुन्दर हुँदै जान्छ।
विश्वमा जैविक विविधताको सबैभन्दा धनी क्षेत्रको रुपमा रहेको युन्नानले १६६ प्रकृति संरक्षण क्षेत्र, १८ राष्ट्रिय वेटलैण्ड पार्क र १३ राष्ट्रिय पार्क स्थापित गरेको छ। यस वर्ष संयुक्त राष्ट्र संघको ूजैविक विविधता सन्धिू १५ औँ सम्मेलन युन्नानको कुनमिङमा आयोजना हुनेछ। यो युन्नानको जैविक विविधता संरक्षण कार्यको पुष्टि मात्र होइन, विश्वव्यापी जैविक विविधता संरक्षणमा युन्नानको अझ महत्वपूर्ण भूमिका खेल्ने अवसर पनि ल्याउनेछ ।

देशविदेशका साथीहरु बढीभन्दा बढी आएका छन्

दक्षिण एसियाली र दक्षिण(पूर्व एसियाली देशहरुसँग आदानप्रदानको फाइदा उठाउँदै युन्नानले एक अर्कामा सम्पर्क बढाउन, संयुक्त रुपमा छलफल, निर्माण र साझेदारी गर्न र सबै देशका साथीहरुसँग सास फेर्न र समान भाग्य लेख्न प्रवर्धन गर्दछ।

युन्नान सरकारले विश्वविद्यालय, अनुसन्धान संस्थान र नवीन उद्यमहरुमा आधारित भएर बायोमेडिसिन, उपकरण निर्माण, इलेक्ट्रोनिक सूचना, नयाँ सामग्री, रसायन र विशेष कृषिको क्षेत्रमा दक्षिण एसियाली र दक्षिणपूर्व एसियाली देशहरुसँगको सहयोग र आदानप्रदानलाई सुदृढ बनाएको छ।

२०१९ मा युन्नान र ‘वेल्ट एण्ड रोड’ किनाराका देशहरुबीचको व्यापार रकम १ खरब ६२ अरब र ८१ करोड युआन पुगेको छ र १४.९%ले वृद्धि भएको छ। गत वर्ष सूचीबद्ध र संचालित चीन (युन्नान) स्वतन्त्र व्यापार परीक्षण क्षेत्रमा २०१९ वर्षको अन्त्यसम्ममा ३२०० भन्दा बढी उद्यमहरु स्थापित भएका छन्। यसका साथै चीन-दक्षिण एसिया एक्सपो, दक्षिण एसिया र दक्षिण-पूर्व एसिया देशका कमोडिटी मेला तथा लगानी र व्यापार मेला जस्ता अन्तर्राष्ट्रिय प्रदर्शनहरु दक्षिण र दक्षिणपूर्व एसियाली देशका व्यापारीहरु संयुक्त रुपमा वेल्ट एण्ड रोड निर्माण गर्ने सुन्दर सम्झौता भएका छन्।

जनता बीचको संचारको हिसाबले युन्नानमा आयोजित बहु(राष्ट्रिय वसन्त महोत्सव पर्वको रात्रि समारोह म्यानमार, थाईल्याण्ड, लाओस्, कम्बोडिया, नेपला र अन्य देशहरुमा आयोजित गरिएको छ, भारत, नेपाल र भियतनाम जस्ता धेरै छिमेकी देशका मानिसहरु युन्नानमा विवाह समारोहको छनौट गरेका छन्। युन्नान दैनिक समाचार पत्र समूहले ९ वटा देशका मुख्य मिडियालाई सहयोग गरेर ६ भाषाहरुमा ूचीन। युन्नानूका ११ विशेष संस्करणहरु प्रकाशित गरेको छस करिब २० हजार विदेशी विद्यार्थीहरु अध्ययन गर्न युन्नान आएका छन् । बढीभन्दा बढी आदानप्रदान र अन्तर्क्रियाहरुले एक अर्कालाई समझदारी र मैत्री सहयोगको पुल बनाएका छन् (यस पत्रिकाबाट संश्लेषित)

टिप्पणीहरू