‘पश्चिमी युन्नान भाइ’बाट संसार युन्नानको मोहमा

‘पश्चिमी युन्नान भाइ’बाट संसार युन्नानको मोहमा

हालमा ‘पश्चिमी युन्नान भाइ’ को नेट नामबाट प्रख्यात एक जना १९९० दशकमा जन्मेको युन्नान केटी विदेशमा लोकप्रिय भएकी छिन् । छोटो भिडियो मार्फत उनले युन्नान खाना बनाउने प्रक्रिया सुरुदेखि अन्तसम्म रेकर्ड गर्छिन् र आफ्नो परिवारको दैनिक जीवन अरुहरुलाई साझेदार गर्छिन् । धेरै नेट मित्रहरु युन्नानसँग निकै मोहित भएका छन् ।

डिसेम्बर १९, २०१९ सम्ममा ‘पश्चिमी युन्नान भाइ’ को वेब फ्यानस ३२ लाख ४० हजार पुगेको थियो र युट्यूबमा ३५ लाख ७० हजार प्रशंसक थिए । ३ लाख ८० हजार फेसबुक प्रयोगकर्ताहरुले सदस्यता लिएका थिए र डौयिनमा १४ लाख अनुयायीहरु थिए ।

‘पश्चिमी युन्नान भाइ’ को मूल नाम डुङ मेहुआ थियो । ‘आफूलाई सानू भाइ भन्नुको मतलब चञ्चलता र सहजताको महसुस गर्नु हो र पश्चिमी युन्नान आफ्नो गृहघर पाओशानको भौगोलिक निर्देशांकको प्रतिनिधित्व गर्दछ ।’ डुङ मेह्वाले उसको नेट नाम ‘पश्चिमी युन्नान भाइ’बारे यसरी सम्झाइन् । छोटो भिडियो बनाउने उनको अनुभवको बारेमा उनले बताइन्, कलेजबाट स्नातक गरेपछि उनी एउटा इन्टरनेट कम्पनीमा काम गर्न थालिन्, तर उनका बुबा बिरामी भएकोले उनी २०१६ मा आफ्नो गृहघर फर्किइन् ।

सायद इन्टरनेट कम्पनीमा उनको कामको अनुभवको कारण ‘पश्चिमी युन्नान भाइ’ले छोटो भिडियो खिच्न र इन्टरनेटमा अपलोड गर्न थालिन्, युन्नान उत्पादनहरुको प्रचार गर्नका लागि । उनको भिडियोमा विभिन्न युन्नान विशिष्ट खाना बनाउने प्रक्रियाहरु छन्, जुन देखेर मानिसको मुखमा पानी आउँछ । भिडियोमा स्वच्छ र शान्तिमय साना गाउँहरु, न्यानो स्वभावका छिमेकीहरु, रमणीय दृश्यहरु, ढिलो गतिको जीवनशैलीहरु पनि छन् । एक किसिमको ‘युन्नान स्वाद’ उनका कृतिहरुका प्रख्यात ‘ट्याग’ भएको छ । केही विदेशी मिडियाहरुले यसरी टिप्पणी गरे कि ‘पश्चिमी युन्नान भाइ’ले संसारलाई युन्नानसँग मोहित तुल्यायो । (यस पत्रिकाबाट संश्लेषित)

टिप्पणीहरू