लागुऔषध तस्करको भागाभाग
सर्लाहीमा ४० प्याकेट १२ सय पिस अवैध लागुऔषध नाइट्राभेट ट्याब्लेट बरामद भएको छ । सशस्त्र प्रहरी सुरक्षा बेस सुन्दरपुर चोहर्वाको गस्ती टोलीले आज दिउँसो बरहथवा नगरपालिका–१७ श्रीपुर कटानीबाट उक्त लागुऔषध बरामद गरेको हो ।
प्रहरीका अनुसार लागुऔषध ओसारपसारमा संलग्न तस्करले ना. ५५ प ९२८ नम्बरको मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । गस्ती टोलीलाई देख्नेबित्तिकै तस्करहरुले लागुऔषध र मोटरसाइकल छाडेर भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
सो लागुऔषध र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय सर्लाहीको जिम्मा लगाएको प्रहरीले बताएको छ । जिल्लामा पछिल्लो समय लागुऔषधको कारोबार बढेसँगै दुव्र्यसनीसमेत बढेको भन्दै प्रहरीले नियन्त्रणका लागि अभियान नै सञ्चालन गरेको छ ।
टिप्पणीहरू