पर्सि आइतबारदेखि बार फेरि कस्सिने

पर्सि आइतबारदेखि बार फेरि कस्सिने

नेपाल बार एशोसिएशनले फेरि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको राजीनामा माग्दै थप आन्दोलन गर्ने भएको छ । कोरोनाका कारण भर्चुअल माध्यमबाट सञ्चालन भएको बार आन्दोलन आइतबारबाट भौतिक रुपमा नै गर्ने निर्णय गरिएको हो ।

आज बारले विज्ञप्तिमार्फत न्यायपालिकाको शुध्दिकरण र सुदृढिकरणका निम्ति सधैं अग्रसर रहने कुरा अवगत गराउँदै आन्दोलन चर्काउने घोषणा गरेको छ ।सर्वोच्च अदालत केन्द्रित आन्दोलन भौतिक रुपमा फागुन १ गते बिहान ११ देखि पुनः शुरु हुने महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू