दक्षिणकालीमा लागुऔषधको थुप्रो
प्रहरीले काठमाडौंको फर्पिङमा ठूलो परिमाणमा विभिन्न लागुऔषध बरामद गरेको छ । उक्त नाकाबाट भित्रिने सवारी साधन चेक जाँच गर्ने क्रममा डाइजेपाम ४ सय १, नुफिन ४ सय १ र फेनारगन ४ सय ३ एम्पुल गरि १२ सय ५ एम्पुल लागुऔषध फेला परेको हो ।
त्यहाँको चेकपोष्टमा इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना. १ ज. ७३८१ नम्बरको टाटा सुमोलाई चेकजाँच गर्दा उक्त लागुऔषध फेला परेको हो ।
टाटा सुमोमा सवार भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट निवासी ३० वर्षे रोहन खड्काले ती लागुऔषध ल्याएको खुलेको छ । खड्काले उक्त लागुऔषध आफू बसेको सिटमुनि रहेको सेतो प्लाष्टिकको बोरामा ब्ल्याङ्केटभित्र लुकाई ल्याएका थिए ।
टिप्पणीहरू