भ्यालेन्टाइनको उपहार,श्रीमतीमाथि चक्कु प्रहार
प्रणय दिवश (भ्यालेन्टाइन डे) कै दिन झापामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । भद्रपुर नगरपालिका-१ लाहुरे चौकका श्रीमानले आफ्नै श्रीमतीको चक्कु हानेर हत्या गरेका छन् ।
हत्या गर्नेमा सोही स्थानका ३४ वर्षीय अमरबहादुर तामाङ रहेका छन् । उनले आफ्नी श्रीमतीको आज बिहान साढे ५ बजे हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार तामाङले उनकी श्रीमती ३४ बर्षीय अनिता लिम्बुलाई घाँटी तथा शरिरमा चक्कु प्रहार गरी आफ्नै घरमा हत्या गरेका हुन् ।
“अनिताले मोबाइल बिगारेका कारण तामाङले चक्कु प्रहार गरेको प्रहरीको भनाई छ ।”
अनिताले मोबाइल बिगारेका कारण तामाङले चक्कु प्रहार गरेको प्रहरीको भनाई छ । श्रीमतीको हत्या गर्ने तामाङ भने अहिले प्रहरी नियन्त्रणमा छन् । उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।
मृतक अनिताको शवलाई भने कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि मेची अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू