गुनासो नसुन्ने सिडिओसङ्ग मातेका गुनासोकर्ता भिड्दा
दैलेख–शीरस्थान सडक खण्डको निर्माण कार्यमा कमसल सामाग्री प्रयोग भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । मंगलबार पुरन सेन्चुरीले सडकमा गुणस्तरहीन सामाग्री प्रयोग भएको गुनासो पोखेका थिए ।
सेन्चुरीको गुनासोबारे प्रमुख जिल्ला अधिकारीले गैरजिम्मेवार जवाफ दिएको बताइएको छ । दैलेखको एक सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मान्दा दैलेखका सिडिओ हरि प्याकुरेलले गुनासो गर्ने स्थानीयलाई गैरजिम्मेवार जवाफ दिएका हुन् ।
स्थानीयले सडकको आरसीसी गर्ने क्रममा खोलाको ढुंगा प्रयोग गरिएको भन्दै ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्माणस्थलमै गुनासो गरेका थिए । सेञ्चुरीले गुनासो सुनाउँदा प्याकुरलले हपारेको र थुन्ने धम्कीसमेत दिएको बुझिएको छ ।
“सेन्चुरीलाई निवेदन लिएर जिल्ला प्रशासन कार्यालय आउन भनेको तर उनले नटेरेको प्रजिअ प्याकुेलले बताए । अहिले उक्त निर्माण कार्य ठप्प छ । “
यस बिषयमा आज जनआस्थाले बुझ्दा प्रजिअ प्याकुरेलले गुनासो गर्ने सेन्चुरी टन्न रक्सी पिएर आएको जवाफ दिएका छन् । उनले काम गर्ने स्थानमा रहेका दुई ओभरसियरमाथि पनि हिजो हातपातको प्रयास गरेको जानकारी दिए ।
सेन्चुरीलाई निवेदन लिएर जिल्ला प्रशासन कार्यालय आउन भनेको तर उनले नटेरेको प्रजिअ प्याकुेलले बताए । अहिले उक्त निर्माण कार्य ठप्प छ । अब गुणस्तर जाँच गरेपछि मात्र निर्माण कार्य सुचारु गरिने प्याकुरेलले बताए ।
उक्त कामको जिम्मा शहरी विकास तथा भवन निर्माण इकाई सुर्खेतबाट सञ्चालित सुपर स्टार कन्सट्रक्सन प्रालिले लिएको छ ।
टिप्पणीहरू