भन्सार एजेन्ट परीक्षाको केन्द्र तोकियो
भन्सार एजेन्ट परीक्षाको लिखित परीक्षा केन्द्र तोकिएको छ । यही फागुन २८ गते हुने परीक्षाका लागि काठमाडौंका ४५ स्थानमा परीक्षा केन्द्र तोकिएको हो ।
आज एक सूचना जारी गर्दै भन्सार विभागले परीक्षा केन्द्रबारे जानकारी दिएको छ ।
त्यस्तै, आवेदन दिएका १८ जनाको दोस्रो रोल नम्बरसहितको आवेदन फारम अस्वीकृत गरेर पहिलो रोल नम्बर कायम गरिएको विभागले जनाएको छ । ती परीक्षार्थीलाई पहिलो रोल नम्बर कायम भएको प्रवेशपत्र लिएर परीक्षामा सहभागी हुनसमेत विभागले सूचित गरेको छ ।
२०७७ साल चैत १६ गते भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरिएको थियो । ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएको भन्सार विभागले जनाएको छ ।
टिप्पणीहरू