सिके राउत र रेशम चौधरी पनि चुनाव लड्ने
निर्वाचनमा सहभागिता जनाउने भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले आज निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । आज कान्तिपथ बहादुर भवनस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर जनमत पार्टीले निवेदन हालेको हो ।
दलको तर्फबाट निर्वाचनमा प्रतिनिधि सहभागी गराउन पाऊँ भन्दै बिहान साढे ११ बजेको समयमा पार्टीका महासचिव चन्दन सिंह आयोग पुगेका थिए । पार्टीको निवेदन नम्बर १ सय ५० मा दर्ता भएको बुझिएको छ । उता डिल्लीबजार
कारागारमा रहेका टिकापुर सामुहिक हत्याकाण्डमा निलम्बित साँसद रेशम चौधरीको तर्फबाट निजकी पत्नी रन्जिता श्रेष्ठले पनि सभासद योगेन्द्र घिसितसहित भएर आजै १८१ नम्बरमा नागरिक उन्मुक्ति पार्टीको प्रमाणपत्र लिएका छन् ।
टिप्पणीहरू