कपिलवस्तुका कमरेड क्रुध्द
कान्छो पार्टी भएर पनि राष्ट्रिय राजनीतिको निर्णायक भूमिकामा रहेको नेकपा (एकीकृत समाजवादी) चुनाव केन्द्रित संगठन विस्तारमा लागेको छ ।
स्थापनाको छ महिना नपुग्दै कपिलवस्तुमा राम्रै उपस्थिति जनाउन सफल भएको सो पार्टीका जिल्ला अध्यक्ष लंकबहादुर हमालले दाबी गरे । एमाले नेताहरुले भ्रमपूर्ण सूचना फैलाएको भएपनि ठूलो संख्यामा कार्यकर्ता र नेताहरु प्रवेश गर्ने क्रम जारी रहेको उनको भनाइ छ । साथै उनले विचलितहरुबाट सजग रहन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।हमालले भ्रम र अफवाह धेरै समय नटिक्ने भन्दै कुप्रचारमा नलाग्न एमालेका नेताहरुलाई सुझाव पनि दिए । आज उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’भ्रम र अफवाह धेरै समय नटिक्ने हुँदा विचारबाट च्यूत भएपछि यस्तै कुप्रचार गर्ने गरेको इतिहास एमाले कपिलवस्तुले दोहोराउन थालेकोप्रति ध्यानाकर्षण भएको छ,हामी भम्र नफैलाउन सम्बद्ध दल र यसका नेताप्रति विनम्र अनुरोध गर्दछौं ।’
टिप्पणीहरू