डिएलएको केन्द्रीय निर्वाचन स्थगित

डिएलएको केन्द्रीय निर्वाचन स्थगित

डेमोक्रेटिक लयर्स एशोसियसनको केन्द्रीय निर्वाचन पुन: स्थगित भएको छ । फागुन ७ गतेका लागि तय भएको निर्वाचन अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

डीएलएको निर्वाचन समितिले काठमाडौं जिल्लाको अधिवेशन नभएको र विभिन्न जिल्लाबाट मतदाता नामावली आइनसकेको भन्दै निर्वाचन कार्यक्रम स्थगित गरेको हो ।

निर्वाचन समितिले सूचना जारी गर्दै तोकिएको मितिमा निर्वाचन गर्न गराउन परेका अप्ठेरोबारे जानकारी गराएको छ । काठमाडौँ जिल्ला डिएलएको अधिवेशन नै नभएको र विभिन्न जिल्लाबाट मतदाता नामावली केन्द्रमा प्राप्त नभएकाले फागुन ७ को चुनाव रोक्नुपरेको भनिएको छ ।

डीएलएको निर्वाचन यसअघि पनि कोभिडको कारण प्रभावित भएको थियो ।

टिप्पणीहरू