माओवादीमा बैठक बस्नै महाभारत

माओवादीमा बैठक बस्नै महाभारत

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ । फागुन ८ र ९ गतेका लागि निर्धारित बैठक माओवादीले फागुन २० गते बस्नेगरी सारेको हो ।

यसअघि २८ र २९ माघमा डाकिएको बैठक १० दिनपछि सारिएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले राजनीतिक कारणले बैठक केही दिन पछि सारिएको बताए ।

माओवादीको केन्द्रीय कमिटी बस्न नसक्दा पदाधिकारी चयन हुन सकेको छैन । गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गरेको छैन । महाधिवेशनलगत्तै बसेको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेर पुस २५ सम्मलाई बैठक स्थगित गरेको थियो ।

अध्यक्ष प्रचण्डसहित दर्जनौँ केन्द्रीय नेतालाई कोरोना लागेपछि पुस २५ को बैठक स्थगित गरेर माघ ८ का लागि अर्को मिति तोकियो । तर,कोरोना संक्रमण बढेको भन्दै सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने नीति बनाएको कारण उक्त बैठक पनि रोकिएको थियो ।

टिप्पणीहरू